अब आन्दोलन जरुरी भइसक्याे : ओली

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन अपरिहार्य भएको बताएका छन् ।

उनले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको टिप्पणी गरेका छन् ।

देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए ।