अन्तरिम सरकारमा ४ मन्त्री थपिए, काे काे भए मन्त्री ?

मूलखबर संवाददाता
काठमाडौं, २६ मंसिर

जेनजी आन्दोलनको बलमा बनेकाे अन्तरिम सरकारकाे मन्त्रिपरिषद फेरी विस्तार गरिएको छ । आज प्रधानमन्त्री शुशिला कार्कीले चाैंथाेपटक चार मन्त्री थप गरि मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।

आज नियुक्त भएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेकी थिइन् । लगत्तै शपथग्रहण गराइएको हो ।

अन्तरिम सरकार चुनावी सरकार भएकाले सानाे र विशिष्ट हुनुपर्ने दबाब बढिरहँदा कार्कीले फेरी मन्त्री परिषद विस्तार गरेपछि आलोचना शुरू भएको  छ ।