कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनबारे निर्णय गर्ने
लामाे समयदेखी महाधिवेशन विवादमा अल्झिएकाे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ
पार्टीको १५औँ महाधिवेशन निर्वाचन अगाडि गर्ने की ु को कार्यतालिका प्रस्तुत गर्ने मुख्य एजेन्डामा सहमति जुटेपछि पटक-पटक सर्दै आएको यो बैठक बस्न लागेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आगामी पुसमा महाधिवेशन गर्नेगरी तयार पारिएको कार्यतालिका निर्णयार्थ पेस गर्ने कार्यक्रम छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गतेदेखि नै महाधिवेशनको मिति तय गर्न नसकेर पटक-पटक स्थगित हुँदै आएको थियो।
पार्टीभित्र महाधिवेशन नियमित गर्ने वा निर्वाचनलाई लक्षित गरी विशेष महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूबीच मतभेद र बहस चर्किएको थियो।




