नेप्से घट्दा बढ्याे शेयर काराेबार, कति पुग्याे ?
आज शेयरबजारमा नयाँ संकेत देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजारमा करेक्सन देखिएको छ। अघिल्लो साता हरेक दिन बढेको नेप्से परिसूचक आइतबार २६.५१ अंकले घटेर दुई हजार ६४९.५२ विन्दुमा कायम भएको हो।
कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार साढे ६ अर्ब रुपैयाँबराबर रहेको कारोबार रकम आज सात अर्बमाथि उक्लिएको हो। आइतबार ३४२ कम्पनीको एक करोड ५७ लाख ३६ हजार कित्ता सेयर सात अर्ब आठ करोड ५४ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ।
आईतबार पहिलो दिन बजार घटे पनि आज सागर डिस्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
सर्वाधिक गुमाउनेमा भने जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ता छन्। आज यी कम्पनीको सेयर मूल्य सातदेखि पाँच प्रतिशतसम्म घटेका हुन्।




