हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएका दुर्गा प्रसाई पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, १ मंसिर

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

उनी घरमै रहेको अवस्थामा दुई दर्जन बढी प्रहरीले मध्यरातमा पक्राउ गरेको हो। प्रसाईको सचिवालयले दिएको जानकारी अनुसार अहिले उनलाई प्रहरीले भद्रकाली लगेको छ।

दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यस विषयलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो।