उद्योगमन्त्री गाैरीकुमारीले दिइन् राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, २५ भदौ

ग्याँसकाे चरम अभावले उपभोक्ता हैरानी बेहाेरिरहेकाे बेला द्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए।

बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’

उनको अभिव्यक्ति विवादित भएको र आपत्तिजनक भएको भन्दै उद्योगीहरूले प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका थिए ।

राजीनामा सम्बन्धी जानकारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवज्यूले आज सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू समक्ष आफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ।

मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो।

उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

— सचिवालय