ओलीलाई अध्यक्ष पद छाड्न बहुमत सचिवालय सदस्यकाे दबाब
नेकपा एमालेका अध्यक्ष तथा जेनजी आन्दोलनबाट सत्ताच्युत भएका पुर्व प्रधानमन्त्री केपी ओलीलाई तत्काल पद छाड्न बहुमत सचिवालय सदस्यले दबाब दिएका छन् । आज बसेकाे सचिवालय बैठकमा उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर महाधिवेशनमा जानुपर्ने धारणा राखेका हुन् ।
जेन–जी आन्दोलनकै कारण सत्ता छोड्न बाध्य भएका अध्यक्ष ओलीले आइतबार भक्तपुरको गुन्डुमा पहिलो सचिवालय बैठक आयोजना गरेका थिए।
बैठकमा १० जना नेताले तत्काल महाधिवेशनमा जानुपर्ने माग गरेका छन् । ओलीकै अनावश्यक हठ र निरंकुश शैलीका कारण जेन–जी आन्दोलनले एमालेलाई क्षति पुगेको भन्दै ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उनीहरूको माग थियाे । त्यसमा ओली र उनी पक्षका ५ जना नेता भने सहमत भएनन्।
एक सदस्यले भने- पार्टी नयाँ ढंगले जानुपर्छ। हिजोको तरिकाले हुन्न भनेर साथीहरूले कुरा उठाउनुभयो । ‘पार्टीको समग्र पुनर्गठनको कुरा भएको छ। अध्यक्ष केपी शर्माले राजीनामा दिनुपर्ने विषय पनि उठ्यो। नेतृत्वको बारेमा छलफल गरौँ भन्ने कुरा पनि भयो।’





