विपिन जाेशीसहित ४८ बन्धककाे तस्बिर हमासद्वारा सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं

मध्यपुर्वका इजरायल र प्यालेस्टाइनबीच जारी लामाे युद्वका क्रममा प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेका भनिएका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै शनिबार सार्वजनिक गरेको छ ।

कतारस्थित अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो ।