जेनजी आन्दोलनमा क्षति : सिंहदरबारमा मात्रै १०४२ सवारी साधन ध्वस्त

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ

जेनजी आन्दोलनका क्रममा सिंहदरबार भित्रमात्रै ४४१ गाडी र ६०१ वटा मोटरसाईकल सवारी साधन जलाइएको छ ।

सामाजिक सञ्जाल बन्द विरूद्व जेनजी युवा पुस्ताले आयाेजना गरेकाे आन्दोलनको क्रममा दाेस्राे दिन अर्थात भदौ २४ गते सिंहदरबार पसेर गरिएको आगजनी र ताेडफाेडबाट भएकाे सारी साधनकाे क्षतिकाे विवरण सार्वजनिक गरिएको छ । जसअनुसार सबैभन्दा धेरै क्षति प्रधानमन्त्री कार्यलय र सर्वोच्च अदालतमा पुगेको छ ।

हेराै विवरण-