आज कार्कीकोे प्रधानमन्त्रीको पदभार ग्रहण, अझै टुंगीएन मन्त्रीको नाम
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छीन्। आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् ।
जेनजी आन्दोलनको बलमा केपी ओली नेतृत्वको नेपाली कांग्रेस एमालेको करीब दुई तिहाईको गठबन्धन सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाइ जेनजीकै सिफरिसमा प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटनको सिफारिस गरेकी थिइन् । उनैको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको विघटन गरेका थिए ।
आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् । तर अझैसम्म मनत्रीको नाम टुंगिएको छैन । उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् ।





