भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह
नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो ।
सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ । साथै सेनासम्बन्धी सूचना आदानप्रदानका लागि सूचना निर्देशनालयलगायत स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिनेसमेत जानकारी गराइएको छ ।





