सरकारले तत्काल राजीनामा दिनुपर्ने माओवादी निर्णय

मूलखबर संवाददाता
काठमाडौं

प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी ले निहत्था यवा विद्यार्थीमाथि अन्दाधुन्द गोली प्रहार गरी १९ जना युवाको ज्यान लिने वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ । आज बसेको आकस्मकि पदाधिकारी बैठकले सो निर्णय गरेको हो । प्रबक्ता अग्नीप्रसाद सापकोटाले गोरखामा जारी रहेको मध्यपहाडि लोकमार्गको अभियान नै स्थगीत गरी काठमाडौं आएपछि पदाधिकारी बैठक बसेको र बैठकले आज भएको नरसंहारको सम्पूर्ण जिम्मा केपी ओली नेतृत्वको सरकारले लिएर राजीनामा दिनुपर्ने निष्कर्ष निकाले बताउनुभयो ।
बैठकले नृशंस घटना छानबिन गर्न स्वतन्त्र र निष्पक्ष न्यायीक छानबिन आयोग गठन गर्नुपर्ने , सामाजिक सञ्जाल माथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका जेन जी पूस्ताले राखेको सबै माग परा गर्न माग गरेको छ ।

स्ता छन् माओवादीको बैठकले गरेको निर्णय

१. आज जेनजी पुस्ताले गरेको आन्दोलनमाथि सरकारले जुन नरसंहार गरेको छ, त्यसको जिम्मा सरकारले लिनुपर्ने । सरकारले अविलम्ब राजिनामा दिनुपर्ने ।
२. नरसंहारको यस नृशंस घटना छानबिन गर्न स्वतन्त्र र निष्पक्ष न्यायीक छानबिन आयोग गठन गर्नुपर्ने । दोषी पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने ।
३. सामाजिक सञ्जाल माथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्नेजस्ता जेनजी पुस्ताले उठाएको मागप्रति ऐक्यबद्धता जनाउने ।
४. आन्दोलनको क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति भोलि बेलुका ५ बजे ७५३ वटै पालिकामा श्रद्धाञ्जलीसभा गर्ने । घाइतेहरुको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने ।