जेनजीमाथि सरकारको आक्रमण : मृतकको संख्या १९ पुग्याे
सरकारले गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताका युवाहरुले गरेको प्रदर्शनमा भएको प्रहरी आक्रमणमा मृत्यु हुने युवाहरको संख्या १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।





