सरकारले गर्यो २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय
सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएलगत्तै सरकारले बिहीबार यस्तो निर्णय लिएको हो ।
सरकारले २६ वटा विभिन्न सामाजिक सञ्जालहरुमाथि रोक लगाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
यो निर्णयले यी सामाजिक सञ्जालहरु चल्दैनन् ।
नेपालमा १ करोड ४३ लाख प्रयोगकर्ता रहेको फेसबुक, १ करोड ९० हजार प्रयोगकर्ता रहेको म्यासेन्जरदेखि इन्स्टाग्राम, एक्स, लिंक्डइन, रेडिट, थ्रेड्स, युट्युब, ह्वाट्सएप, स्न्याप च्याट, पिन्ट्रेस्ट, सिग्नल, क्लब हाउस, रम्बल लगायत छन् । बन्द हुनेमा हाम्रो पात्रो पनि परेको छ ।





