एमाले भित्रकाे विवाद भुसको आगो झैं सल्कीँदै, फरक प्रतिवेदनको तयारीमा पाेखरेल समुह
नेकपा एमाले भित्रकाे विवाद भुसको आगो भैं सल्कीरहेको छ । विशेष गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्ति र निर्णयहरुले गर्दा पार्टीभित्र विवाद बढ्दै गएको हो । ओलीले पुर्व राष्ट्रपति तथा मदन भण्डारीपत्नी विद्या भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णयले एमालेमा तिव्र विवाद बढेको हो । जसको नेतृत्व बाहिरी रुपमा विद्या भण्डारीले र पाटीभित्र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका छन् ।
भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेपछि भण्डारीले फरक ढंगले राजनीतिक सक्रियता बढाइरहेकी छीन् भने पोखरेलले पार्टी भित्र फरक मत अगाड बढाउने कोशिष गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतका नेताहरुले गतिविधि गरिरहेका छन् ।
पार्टीले विधि, प्रक्रिया र परम्परा मिचेर निर्णय गरेको र एमालेको मूल सिद्धान्त मानिएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) माथि नै नेतृत्वबाट प्रहार भइरहेकोमा यसप्रति नेताहरू फरक प्रतिवेदनको तयारीमा जुटेका हुन् ।
यसै असन्तुष्टिको जगमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतका नेताले प्रतिवेदन तयार पारेको भण्डारीनिकटका एक नेताले बताए । जानकारीअनुसार पोखरेलले नै यो फरक प्रतिवेदनको काम टुंग्याइसकेका छन् ।
ईश्वर पोखरेलनिकट एक पोलिटब्युरो सदस्यले नीतिमा खास विमति नरहे पनि विद्या भण्डारीको सदस्यता प्रकरण र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाएर फरक मत लैजानेबारे छलफल भएको बताए ।
स्थायी कमिटी सदस्य कर्ण थापाले भण्डारीको सदस्यता रोक्नेजस्तो गम्भीर प्रकारका निर्णय बलमिच्याइँमा गर्न नहुने केही दिनअघि सार्वजनिकरूपमै बोलेका थिए । उनले विधान महाधिवेशनमा फरक मत राख्ने बताएका थिए ।
उनको भनाइ थियो, ‘उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठुलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ । उहाँको सक्रियता रोकिँदैन। विधान महाधिवेशनमा सबभन्दा महत्त्वपूर्ण विषय यो विषय प्रवेश गर्छ । हामी फरक मत प्रस्तुत गर्छौँ र एमालेको सिंगै पंक्ति सही निष्कर्षमा पुग्छ ।




