विशेष अदालतमा भट्टकाे अध्यक्षतामा सदस्यहरू ताेकीयाे
सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू तोकेको छ। न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकेको छ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई तोकेको हो।





