माओवादी केन्द्रले भदौ २२ देखी लमजुङबाट मध्यपहाडि लोकमार्गमा अभियान सुचारु गर्ने
प्रमूख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले भदौ २२ गतेदेखी मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रीत जनतासँग माओवादी– जनजागरण अभियान सुचारु गर्ने भएको छ । झापाको केचनादेखी कन्चनपुरको झुलाघाटसम्म तराई मधेश हुलाकी राजमार्ग केन्द्रीत अभियानको सफतापछि माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रीत जनतासँग माओवादी– जनजागरण अभियान शुरु गरेको थियो । अभियान गण्डकी प्रदेशको राजधानी पाखरामा आएर स्थगित भएको थियो ।
सोही अभियानअन्तर्गत बाँकी रहेका जिल्लाहरूमा भदौ २१ गतेदेखि पुनः अभियान सञ्चालन गर्ने निर्णय आज बसेको कार्यलय बैठकले गरेको जनाइएको छ ।
अभियानको शुरुवात गण्डकी प्रदेशको लमजुङ जिल्लाबाट हुनेछ । भने अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नै गर्नेछन् । अभियान टोलीमा विगतमा झै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिव, उपमहासचिवहरु सहभागी रहने पार्टीले जनाएको छ ।
गत साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले उक्त अभियानका बाँकी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्यान्वयन गर्न बुधबार केन्द्रीय कार्यालयले भदौ २१ देखि २५ गतेसम्मको कार्यतालिका निर्धारण गरेको एक नेताले जानकारी दिए । यसअघि नै माओवादीले विभिन्न जिल्लामा अभियान सकिसकेपनि विभिन्न कारणले केही जिल्लामा भने बाँकी थियो ।
कार्यतालिकाअनुसार अभियान भदौ २१ गते साँझ लमजुङको भोर्लेटारमा बास बसेर सुरु हुनेछ। भदौ २२ गते दिनभर लमजुङ खण्डमा कार्यक्रम आयोजना गरिनेछ । अभियानको क्रममा लोकमार्गको मध्येनेपाल खण्ड, सुन्दरबजार खण्ड र राइनास नगरपालिका खण्डमा जनभेटघाट, सहिद परिवार भेटघाट, कोणसभा, आन्तरिक प्रशिक्षण र कार्यकर्ता भेला, एवम् अन्तरक्रियालगायतका कार्यक्रमहरु हुनेछन् ।
अभियान टोली भदौ २३ गते गोरखामा सहिद शुरे वाग्लेको स्मृति दिवससहितका कार्यक्र र अन्य निमित अभियानका कार्यक्रममा सहभागि हुने बताइएको छ । गोरखाबाट अभियान टोली धादिङ, २४ गते धादिङ खण्डमा र २५ गते नुवाकोट खण्डमा कार्यक्रम आयोजना गरी काठमाडौँ फर्कने बताइएको छ । बाँकी रहेका जिल्लाहरूको कार्यक्रम भने पछि तय गरिने माओवादी केन्द्रले जनाएको छ ।





