लिजामा प्रथम भएका बेनिघाट राेराङ अध्यक्षलाई प्रचण्डले दिए बधाई

मूलखबर संवाददाता
काठमाडौं, १० भदौ

स्थानीय तहकाे मुल्यांकनमा देशभरिकै प्रथम बन्न सफल धादिङको बेनीघाट राेराङ गाउँपालिका अध्यक्षलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

प्रचण्डले आफ्नै निवास खुमलटारमा बाेलाएर पालिका अध्यक्ष कृष्ण थपलिया विवेकलाई बधाई दिएका हुन् ।

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ ।
सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको वेनिघाट रोराङ गाउपालिकाले राष्ट्रिय स्तरमा उच्चतम अङ्क प्राप्त गरि पालिकाहरु मध्ये प्रथम स्थान हासिल गरेकोमा नेकपा माओवादी केन्द्रका श्रद्देय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(क.प्रचण्ड) बाट सम्मानित भएकाेमा पालिका अध्यक्ष थपलियाले खुसि ब्यक्त गरेका छन् ।

साे अवसरमा वेनिघाट रोराङ गाउपालिका तथा अध्यक्ष विवेक थपलिया साथमा पुर्व मुख्यमन्त्री मा.शालिकराम जम्कट्टेल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान पनि सहभागी थिए ।