विपिन जोशीका आमा र बहिनीद्वारा राष्ट्रपति पौडेलसँग भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायलस्थित नेपाली दूतावासको समन्वयमा इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किनुभएको थियो ।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताउनुभयो । उहाँहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गर्नुभयो ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।





