नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्षमा माओवादी केन्द्रका फुरगेल्जे शेर्पा विजयी

मूलखबर संवाददाता
काठमाडौं, ८ भदाै २०८२

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको थियो । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पनि सामेल थियो । गएराति सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन विजयी भएको हो । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी हुनुभएको छ । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

शेर्पासहितको समूहलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो ।

अध्यक्ष
ड्ड फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी)
ड्ड कुलबहादुर गुरुङ : २८८

वरिष्ठ उपाध्यक्ष
इश्वरी पौडेल : ३४५ (विजयी)
टिका गुरुङ : २५८

प्रथम उपाध्यक्ष
मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
काजी शेर्पा : २५६

द्धितीय उपाध्यक्ष
बोधराज भण्डारी : ३६८ (विजयी)
धनबहादुर गुरुङ : २३८

महासचिव
राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
विमल नहर्की : २०९
शिव सापकोटा : ६८

सचिव
चन्दन थापा : ३५८ (विजयी)
ङिमा दिकी शेर्पा : २४४