भिषण वर्षाले राजधानीमै सडक र विद्युत अवरुद्ध
शुक्रबारको अविरल वर्षाले राजधानी काठमाडौंकाे टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो जाँदा ट्रान्सर्फमरमा क्षति पुगेको छ ।
पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा हिजो देखि विद्युत आपूर्ति बन्द भएको छ ।
स्थानीयवासीका अनुसार शुक्रबार ३:३० बजेतिर पहिरो गएको थियाे । वडाले पार्क निर्माण गरेको सो लाम्पाखामा कमसल निर्माण काम गरिएको कारण पहिरो आएको स्थानीय बताए ।
कुनै पनि मानवीय क्षति नभएको सो पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ।





