लिजामा पहिलो र दाेस्राे स्थानमा परे माओवादी नेतृत्वका पालिका
स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)काे नतिजामा पहिलो र दाेस्राे स्थानमा माओवादी केन्द्र नेतृत्वका स्थानिय तह पर्न सफल भएका छन् ।
२०८०/८१ मा माओवादी केन्द्र नेतृत्वका पालिकाहरु बेनीघाट रोराङ गाउँपालिका (धादिङ) ९१.७५ अङ्कसहित प्रथम हुन सफल भएको छ भने रुरुक्षेत्र गाउँपालिका (गुल्मी) ९०.०० अङ्कसहित द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
पहिलो र दाेस्राे स्थान शासिल गर्न सफल भएका दुबै पालिकालाई माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनुभएको छ ।
उहाँले भन्नुभएको छ- खुसी व्यक्त गर्दै जनमुखी शासन र पारदर्शी सेवामा अग्रसर माओवादी केन्द्रका जनप्रतिनिधिहरूलाई बधाई दिन चाहन्छु।





