सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्छ : किराँती
पुर्व पर्यटन मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले एक महिनाअघिदेखि ग्राउण्डेड जहाजमा को मान्छे लैजानु हुँदैन थियो भन्ने कुरा नै उल्लेख नरहेको बताए । संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लाग्नुभएको बेला यो लापरबाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने उनको तर्क छ ।
उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानबिन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन हुनुपर्ने उनको भनाइ छ । प्रतिवेदनमा प्राविधिक त्रुटि के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्ने कुरा उल्लेख नगरिएको बताए ।




