माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

मूलखबर संवाददाता
काठमाडौं, ४ भदौ ।

प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज स्थगित भएको छ । वदलिएको राजनीतिक परिस्थिति र संसदको भुमिकालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको एक पदाधिकारीले बताए ।
प्रतिनिधिसभाका उपसभामुख इन्दीरा रानालाई महाअभियोग लगाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले हस्ताक्षर अभियान नै चलाएपछि माओवादीले त्यसको प्रतिवाद गर्ने बताएको थियो । उसले विपक्षी दलहरुलार्य हिजो बोलाएर बैठक गरी सरकारले चालेको कदमविरुद्ध मत निर्माण गरेको थियो । बैठकमा सरकारको हाल देखिएको निरंकुश कदम, पार्टीको आगामी अभियान तथा स्थायी समिति बैठकले गरेका निर्णयको कार्यान्वयनबारे विस्तृत छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका  थिए ।