प्रधानमन्त्री अस्वस्थ, संसदको प्रश्नोत्तर कार्यक्रम पनि रोकीयो
संसदमा प्रश्नोत्तर कार्यक्रमको लागि तयारी गयिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेको खबर आएको छ । उनी अस्वस्थ भएपछि प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने भएका सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभाको कार्यव्यवस्था बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्यका कारण प्रधानमन्त्री ओली सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी नहुने जानकारी गराएको संसद सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।
आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्नेछन्। त्यस्तै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।





