सरकार थप निरंकुशतातर्फ जान खाजेकाे माओवादी निष्कर्ष

मूलखबर संवाददाता
काठमाडौं, ३ भदौ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार अझ निरंकुशतातर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेकाे पदाधिकारी बैठकले उपसभामुखमाथि महाअभियाेग लगाउने गरी कांग्रेस एमालेकाे गठबन्धन अगाडि बढ्नु निरंकुशतातर्फ लागेकाे प्रमाण भएको निष्कर्ष निकालेकाे हाे ।

बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका छन् ।