होल बडी चेकअपमा सामान्यतया केके परीक्षण गरिन्छ ?
तपाईले होल बडी चेक अप गर्ने गर्नुभएको छ ? होल बडी चेक अप भनेको शरीरको सबै मुख्य अंगको सामान्यतया परिक्षण गर्ने भन्ने बुझिन्छ । चिकित्सकिय भाषामा हाेल बडि चेक अप (पुर्ण शारीरिक स्वास्थ्य परिक्षण) के के परिक्षण गरिन्छ त ? एक पटक हेरौं ।
Complete Blood Count (CBC)
CBC भनेको सामान्य खालको रगत परीक्षण हो । यो परीक्षणमा तपाईंको सम्पूर्ण स्वास्थ्य र विभिन्न रोगहरु जस्तै एमेनिया, संक्रमण र ल्युक्मेयिका छ कि छैन भनेर जाँच गरिन्छ ।
यो परीक्षणले रगतमा हुने राता रक्तकोष, सेता रक्तकोष, हेमोग्लोबिन, प्लेट्स, हेमोटोक्रिटको कति छ भन्ने पनि देखाउँछ ।
यस्तो खालको परीक्षण गरिसकेपछि हाम्रो शरीरमा रगतको मात्रा कति छ ? रगत कतिको स्वस्थ छ भन्ने थाहा हुन्छ । होल बडी चेकअप गर्दा रगत परीक्षण गर्नैपर्छ । रगत स्वस्थ भयो भने व्यक्ति स्वस्थ हुन्छ । रगतको रंगअनुसार पनि कति रोगहरु पहिचान गर्न सहज भएको छ ।
Erythrocyte Sedimentation Rate (ESR)
ESR भनेको रगतको परीक्षण हो । यस परीक्षणले शरीरमा हुने संक्रमण, सुन्निएको छ कि छैन भनेर देखाउने काम गर्छ । यसका साथै शरीरमा धेरै ज्वरो आउने सम्भावना छ कि छैन । बाथ रोगका लक्षणहरु र यसले शरीरका मांसपेशीहरुलाई असर गरेको छ कि छैन जस्ता कुराहरु थाहा हुन्छ ।
हाम्रो शरीरको जोर्नीहरुमा खिइएको छ कि छैन भन्ने कुरा पनि थाहा हुन्छ ।
Fasting Blood Sugar (FBS)
FBS भनेको एक प्रकारको रगत परीक्षण नै हो । यो परीक्षण गर्नको लागि राती खाना नखाएको र बिहान रगत परीक्षण गनर्दा पनि नखाएको हुनुपर्छ । यसले हाम्रो रगतमा भएको चिनीको मात्रा कति छ भन्ने थाहा हुन्छ ।
यदि चिनीको मात्रा 100 mg/dl छ भने सामान्य मानिन्छ । 126mg/dl छ भने मधुमेह अर्थात सुगर हुने जोखिम बढी भएको मान्नुपर्छ ।
अहिले सानै उमेरमा पनि मधुमेह लाग्ने देखिएको छ । यसैले यो परीक्षण गर्नु अति आवश्यक छ ।
Lipid Profile
हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा कति छ भनेर यो परीक्षणबाट थाहा हुन्छ । कोलेस्ट्रोलको मात्रा बढी भयो भने मुटुलाई खतरा हुन्छ । त्यसैले पनि हामीले मुटुलाई स्वस्थ बनाउनको लागि कोलेस्ट्रोलको मात्रा कति छ थाहा पाइराख्नुपर्छ ।
तपाईले होल बडी चेक अप गर्ने गर्नुभएको छ ? होल बडी चेक अप भनेको शरीरको सबै मुख्य अ.गको सामान्यतया परिक्षण गर्ने भन्ने बुझिन्छ । चिकित्सकिय भाषामा हाल बडि चेक अपमा के के परिक्षण गरिन्छ त ? एक पटक हेरौं ।
मानव शरीरमा रगतको मात्रा व्यक्तिको उमेर, लिङ्ग र शारीरिक स्वास्थ्यमा निर्भर हुन्छ । सामान्यतया एक स्वस्थ व्यक्तिको शरीरमा करिब चारदेखि पाँच लिटर रगत हुनुपर्छ । स्वस्थ र वयस्क व्यक्तिको शरीरमा रगतको अनुपात उसको कुल तौलको करिब आठ प्रतिशत हुनुपर्छ ।
सरल भाषामा यदि तौल ६० किलो छ भने शरीरमा रगतको मात्रा आठ प्रतिशत हुनुपर्छ । त्यस्तै, बच्चाको रगत कुल तौलको करिब ९ प्रतिशत र नवजात शिशुको रगत कुल तौलको १० प्रतिशत हुनुपर्छ ।
महिला र पुरुषको शरीरमा कति रगत हुनुपर्छ ?
एक स्वस्थ वयस्क पुरुषको शरीरमा करिब ५ देखि ५.५ लिटर (लगभग १२.२ पिन्ट) रगत हुनुपर्छ । जबकि एक स्वस्थ वयस्क महिलाको शरीरमा ४ देखि ४.५ लिटर (लगभग ९ पिन्ट) रगत हुनु आवश्यक हुन्छ । यो भन्दा कम रगत भएमा स्वस्थ मानिंदैन ।
शरीरमा हरेक क्षण रगत उत्पादन
शरीरले हरेक सेकेन्डमा कम्तीमा २० लाख रातो रक्तकोषिका उत्पादन गर्छ । यो शरीरको बोनम्यारोको स्टेम सेलबाट बन्छ । एक स्वस्थ मानिसले दैनिक करिब ४०० देखि २०० एमएल रगत उत्पादन गर्छ ।
Kidney Fuction Test
यसमा मिर्गौलाको अवस्था कस्तो छ भनेर परीक्षण गरिन्छ । यसमा दुई प्रकारको परीक्षण गरिन्छ ।
पहिलोमा, एल्बुमिनको मात्रा अर्थात् पिसाबमा प्रोटिनको मात्रा कति छ भनेर जाँच गरिन्छ ।
दोस्रोमा, मिर्गौलासँग सम्बन्धित रोग लागेको छ भने कुन स्टेजमा छ र मिर्गौला कति बिग्रिएको छ भनेर थाहा हुन्छ ।
मिर्गौलासम्बन्धी रोग लाग्यो भने उपचारमा पनि धेरै खर्च हुन्छ । त्यसैले रोग लाग्नुभन्दा पहिल्यै थाहा पाएर सचेत हुनु राम्रो ।
Liver Fuction Test
फोक्सोले कसरी काम गरिरहेको छ ? फोक्सोको अवस्था कस्तो छ ? रगतमा प्रोटिन र इन्जामहरुको मात्रा कति छ ? इत्यादि कुराहरु यो परीक्षणबाट थाहा हुन्छ ।
Uric Acid
हाम्रो शरीरको जोर्नीहरुमा दुखाई छ भने युरिक एसिड छ कि छैन भनेर परीक्षण गर्ने गरिन्छ । यो परीक्षणले हाम्रो मिर्गौलामा पत्थरी हुने सम्भावना कति छ या छैन भनेर पनि थाहा हुन्छ ।
Thyroid Test
हाम्रो थाइराइड ग्रन्थीहरुले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर थाहा पाउन जरुरी छ । अहिले धेरै व्यक्तिहरुमा थाइराइडको समस्या देखिएको छ । सुरुमै हामीलाई थाहा भयो भने हामी यो रोगबाट बच्न सक्छौँ । थाइराइडको समस्या भएको खण्डमा दिर्घकालिन औषधी खानुपर्ने हुन्छ । यस्तो झन्झटबाट पनि हामीलाई मुक्ति मिल्छ ।
Stool Examination with occult Blood
यस परीक्षणबाट हाम्रो शरीरमा भएको संक्रमणहरु, पाचनतन्त्रको अवस्था, शरीरमा भएको पोषणको अवस्थादेखि लिएर क्यान्सरसम्म थाहा हुन्छ । दिशाको माध्यमबाट गरिने परीक्षण अरु परीक्षणभन्दा बढी विश्वसनीय पनि मानिन्छ ।
दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको/नभएको पनि परीक्षण गरिन्छ ।
Urine Examination
पिसाब परीक्षणबाट मिर्गौलाको समस्याहरु, फोक्सोको समस्इाहरु, मधुमेह र क्यान्सरको प्रारम्भिक चरण पनि थाहा हुन्छ । पिसाब संक्रमण छ कि छैन ? पिसाबबाटै व्यक्तिको स्वास्थ्य अवस्था कस्तो छ ? सामान्य रोगहरु देखि लिएर जटिल अवस्थाहरु पनि पत्ता लगाउन सकिन्छ ।
Ultra Sound
अल्ट्रा साउण्ड विभिन्न प्रकारको हुन्छ । होल बडी चेकअपमा भने पेटको र पेल्भिसको अल्ट्रा साउण्ड गर्ने गरिन्छ । अल्ट्रा साउण्ड गरिन्छ भन्दैमा सबै एउटै भनेर बुझ्नुहुँदैन । विभिन्न हस्पिटलको हेल्थ प्याकेजले विभिन्न अफरहरु राखेको हुन्छ । हाम्रो पाचन प्रणाली अर्थात मेटाबोलिजम कत्तिको बलियो छ भनेर यसबाट थाहा हुन्छ ।
ECG
ई.सि.जी मार्फत मुटुको धड्कन सामान्य अवस्थामा छ कि असामान्य छ भनेर थाहा हुन्छ । यो परीक्षण गराउँदा कुनै दुखाई भने हामीले महसुस गर्नुपर्दैन । मुटु सम्बन्धी सामान्य समस्याहरु ई.सि.जी गरेर थाहा पाउन सकिन्छ ।
X-ray
फुल बडी चेकअपमा छातीको एक्स रे गरिन्छ । विशेषगरी शहरी क्षेत्रमा बसोबास गर्ने र धुम्रपान गर्नेहरुले छातीको एक्स रे गर्नुपर्छ ।
Internal Medicine/ Endocrinology Consultation
यो परीक्षणलाई सुक्ष्म खालको परीक्षण पनि मानिन्छ । फुल बडी प्याकेजमा यो परीक्षण नहुन पनि सक्छ । यसमा हम्रोनको अवस्था, रगत, मुटु रोग, एलर्जीहरु, फोक्सो, मिर्गौला, इन्डोक्राइन सिस्टमदेखि लिएर प्रजनन अवस्था, उच्च रक्तचाप आदि सबै कुरा परीक्षणको माध्यमबाट थाहा हुन्छ ।
Dietry Consultation
होल बडी चेकअप गरिसकेपछि स्वास्थ्य समस्याअनुसार कस्तो खाना खाने ? केके खाने ? केके नखाने ? भनेर पनि सल्लाह दिइन्छ । सबै होल बडी चेकअप प्याकेजमा यो नहुन पनि सक्छ । धेरै स्वास्थ्य समस्याहरु हाम्रो खानपान र जीवनशैलीलाई परिवर्तन गरेर पनि समाधान हुन्छन् । यसैले सन्तुलित भोजनसम्बन्धी परामर्श आवश्यक हुन्छ । यसमा व्यायाम कति गर्ने ? कसरी गर्ने भन्ने पनि सिकाइन्छ ।
ध्यान दिनुपर्ने कुराहरू :
माथि उल्लेख गरिएको परीक्षणहरु फुल बडी चेकअपमा गर्नुपर्ने न्युनतम परीक्षणहरु हुन् । यसका साथै व्यक्तिको स्वास्थ्य, उमेर, पारिवारिक पृष्ठभूमि, खानपान, जीवनशैली आदिका आधारमा अरु थप परीक्षण पनि गर्नुपर्ने हुनसक्छ । दक्ष र अनुभवी डाक्टरको परामर्शमा मात्रै फुल बडी चेकअप गर्न पनि अनुरोध गरिन्छ ।
फुल बडी चेकअपको नाममा धेरै व्यापार पनि भएको छ । आफ्नो स्वास्थ्य अनुसार के परीक्षण गर्ने ? के नगर्ने भनेर पहिला परामर्श लिनुपर्छ ।
फुल बडी चेकअप सस्तो रहेछ भनेर शरीर परीक्षण गर्न हतार नगर्नुहोस् । कहिलेकाँही परीक्षण गरेर रोग पत्ता लाग्नुभन्दा रोग लाग्ने जोखिमलाई बढाइदिने गर्छ । अनावश्यक खालका विकिरणहरुले शरीरमा परीक्षण गर्दा उल्टो असरल झेल्नुपर्ने हुन्छ ।
बुझ्नैपर्ने कुरा आवश्यक परीक्षण मात्रै गरौँ । पचास वर्ष कटिसकेका व्यक्तिले मात्रै वर्षको एक पटक फुल बडी चेकअप गर्नुपर्ने हुन्छ । स्वस्थ हुनुहुन्छ र पचास वर्ष कट्नुभएको छैन भने खानपान र जीवनशैलीलाई सुधार गरेमा पनि स्वास्थ्य सम्बन्धी समस्याहरु र जटिलताबाट बच्न सकिन्छ ।
फुल बडी चेकअप गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस् :
जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तीमा ८–१० घन्टा सुत्नुहोस् ।
कम्तीमा तीन दिनअगाडिदेखि साधारण खाना खानुपर्छ । धेरै बोसोयुक्त खाना खानाले रगतमा टीजी (ट्राइग्लिसराइड) अर्थात् बोसोको मात्रा बढाउँछ । प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ । व्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ ।
विशेष गरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तीमा ८ देखि १० घन्टा खालि पेट हुनु अनिवार्य हुन्छ । कमसेकम २४ घन्टाअघिदेखि धूमपान, मद्यपान गर्नुहुँदैन । मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ । भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ ।
जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ ।
जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनावारी चलिरहेको बारे जानकारी गराउनुपर्छ ।
पाखुरासम्म सार्न मिल्ने र शरीरमा पनि हल्का एवं सजिलो कपडा लगाउनुहोस् । जसले गर्दा शरीरमा असहज हुने, कपडा सार्दा अप्ठ्यारो हुने हुँदैन । – हेल्थहेल्पलाइनबाट




