भारतीय विदेशमन्त्री मिस्रीले निवासमै पुगेर भेटे माओवादी अध्यक्ष प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १ भदाै

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसंग भेट गर्नुभएको हो । भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

तस्बिर : दिपक भण्डारी, अध्यक्ष प्रचण्डको सचिवालय ।