त्रिविमा धर्नामा बसेका अखिल क्रान्तिकारीका विद्यार्थीमाथि प्रहरी हस्तक्षेप, केन्द्रकाे विराेध र रिहाईकाे माग

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन

अनेरास्ववियु क्रान्तिकारीले विभिन्न शैक्षिक मागसहित त्रिभुवन विश्वविद्यालयमा धर्नामा बसेका विद्यार्थहरूमाथी प्रहरी प्रशासन लगाएर धरपकड गरिएको घटनाकाे भर्त्सना गर्दै पक्राउ गरिएका विद्यार्थीहरूकाे तत्काल रिहाइको माग गरेको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक थलाे बनाउन, मेरिटाेक्रेसी लागु गर्न र केन्द्रीय विभागमा समायाेजन भएका ४ वटा विभागकाे मुल्य घटाउनुपर्ने माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथिकाे दमन अभिव्यक्ति स्वतन्त्रता र अधिकारकाे हनन् भएको बताएका छन् ।

उनलेे यतिका दिनसम्म वार्ता छलफल गर्न नखाेज्ने र प्रहरी प्रशासन लगाएर धरपकड गर्ने उपकुलपतिको शैलीले लाेकतान्त्रीक मुल्य र मान्यताकाे उपहास गरेकाे उल्लेख गरेका छन् ।