जनता मल नपाएर हाहाकार, प्रधानमन्त्री ओली भन्छन्- मल मौज्दात छ

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन

किसानहरूले असार र साउनकाे तेस्रो हप्तासम्म पनि मल नपाएको भनेर रूवावासी गरिरहँदा प्रधानमन्त्री केपी ओलीले भने पर्याप्त मल माैज्दात रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले साउनकाे २५ गते राती फेसबुकबाट २८ हजार ८२४ मेट्रिक टन मल माैज्दात रहेकाे दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्- 

यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ।
यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा —
✅ युरिया: १६,५३९ मेट्रिक टन
✅ डिएपी: ७,६५३ मेट्रिक टन
✅ पोटास: ४,९१५ मेट्रिक टन
यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा —
✅ युरिया: १०,९८४ मेट्रिक टन
✅ डिएपी: ९४२ मेट्रिक टन
✅ पोटास: १,७८५ मेट्रिक टन

सरकारले समयमा मल उपलब्ध नगराएकाे भन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत सबै विपक्षी दलले संसदमा असार शुरूदेखी नै विराेध गरिरहेका थिए । माओवादी निकट वाइसीएलले त देशव्यापी रूपमा मल उपलब्ध गराउन भन्दै धर्ना र ज्ञापन पत्र पेश गरेकाे थियाे ।

सरकारले असार र साउनकाे तेस्रो हप्तासम्म पनि किसानलाई मल दिन नसकेको अवस्थामा बल्ल प्रधानमन्त्री ओलीले याे जानकारी दिएका हुन् ।