उत्तराखण्डमा बादल फाट्दा भीषण बाढी र पहिरो, ४ जनाको मृत्यु, धेरै बेपत्ता
नेपालकाे दक्षिणी छिमेकी देश भारतको उत्तराखण्ड, उत्तरकाशी जिल्लाको धाराली क्षेत्रमा मंगलबार राति बादल फाट्दा आएको अचानक बाढी र पहिरो आउँदा जनधनको क्षति भएको छ । बाढी र पहिराेले कम्तीमा ४ जनाको ज्यान गएको छ भने धेरै जना अझै बेपत्ता छन्।
स्थानीय प्रशासनका अनुसार, बाढीले धेरै होटल, गेस्टहाउस, र घरहरू बगाएको छ। एक स्थानीय बासिन्दाले २०–२५ होटल/गेस्टहाउस नष्ट भएको बताएका छन्। धाराली क्षेत्र गंगोत्री मार्गको प्रमुख बासस्थान हो।
जिल्ला प्रमुख प्रशान्त आर्यका अनुसार, गाउँ अग्लो भू–भागमा भए पनि व्यापारिक क्षेत्रमा ठूलो क्षति भएको छ। प्रारम्भिक रिपोर्ट अनुसार भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।




