फेरि जनतामा जान्छौँ : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनतामा जाने बताएका छन् । पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले भने ‘फेरि एकचोटि जनतामा जाने र देशमा अहिले देखापरेका विसंगतिको अन्त्यका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ ।’
। बैठकले अझ सुदृढ एकताको साथ सबैखाले गुटबन्दी, समूहबद्धता अन्त्य गर्ने संकल्प लिएको पनि उनले बताए । ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरणका निम्ति, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति जुन पार्टीले नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ र पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिबद्धता गरेका छौँ । हामी अझ सुदृढ एकताको साथ सबैखाले गुटबन्दी, समूहबद्धता अन्त्य गर्ने संकल्प लिएका छौँ,’ प्रचण्डले भने ।
माओवादी केन्द्ले भदौ १५ गतेदेखि मध्यपहाडि लोकमार्ग अभियान फेरी सुचारु गर्ने निर्णय गरेको छ ।




