विप्लव नेकपासँग एकता गर्ने माओवादी निर्णय
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।
सोमवार बसेको स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि समिति बनाएर वार्ता गर्ने निर्णय भएको बताए।
बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको उनले बताए।
उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ। छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ। आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ।’





