बहुबिवाह गर्न पाउने कानुन ल्याएमा कडा संघर्षमा उत्रने अनेमसंघ (क्रान्तिकारी)को चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, १८ साउन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सरकारले बहुबिबाह गर्नपाउने कानुन ल्याउन लागिएको भन्दै विरोध गरेकाे छ ।

माओवादी निकट अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापाले एक विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यममा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको भनाई लाई उद्धृत गर्दै बहुविबाहको कानुन ल्याउन लागिएको भनेर आएको साचार प्रति संगठनको गम्भीर ध्यानकर्षण भएको भन्दै उत्त कदम तत्काल रोक्न माग गरेकी छिन् ।

उनले आफ्नो संगठन विगतदेखी नै महिला हक हित र अधिकारको पक्षमा निरन्तर संघर्षरत रहेको स्मरण गराउँदे यस्तो कदम नसच्याए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनि पनि दिएकी छिन ।