माओवादी केन्द्रकाे स्थायी समिति बैठक शुरू, यस्ता छन् एजेन्डा
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय परिसडाँडामा सुरु भएको छ ।
पदाधिकारी बैठकले तय गरेको एजेन्डालाई नै छलफलकाे मुख्य विषय बनाइएको बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् ।
एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्नेछन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेण्डा बनाएको छ ।
यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेण्डा बनेको छ ।





