संविधानसभा सदस्य श्रेष्ठ माओवादीमा फर्किए
संविधान सभा सदस्यसमेत रहेका राजकुमार श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्।
नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका उनलाई आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटार निवासमा प्रवेश गराएका हुन् । उनलाई केन्द्रीय सदस्यकाे जिम्मेवारी दिने गरी सक्रिय तुल्याएको उनको सचिवालयले जानकारी दिएको छ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रत्यक्षतर्फ चुनाव जिते पनि श्रेष्ठ निष्क्रिय रहेका थिए।
साे अवसरमा पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वागमती प्रदेश इन्चार्ज हितमान शाक्यसहित सिन्धुपाल्चोकका नेताहरू सहभागी थिए ।





