लिबरल अर्थतन्त्रमा जाँदा झन् परनिर्भरताको लहर चल्यो : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ८ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले लिबरल अर्थतन्त्रमा जाँदा झन् परनिर्भरताको लहर चलेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफू तीनपटक प्रधानमन्त्री हुँदा देशको समग्र रिपोर्ट हेर्दा परनिर्भरता बढिरहेको तथ्यांक पाइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका हन्। नेपालखबर राइजिङ नेपाल समिट २०२४ मा मिसन ०८४स् दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा संवाद गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने
३ चोटि प्रधानमन्त्री हुँदा रेकर्ड हेरेँ, झन् पछि झन् परनिर्भर किन भयौँरु निजी क्षेत्रलाई बिक्री गरिएका उद्योग किन चलेनन्रु सिंहदरबारमा धेरै बैठक आयोजना गरेँ। नचलेका उद्योग चलाउन अध्ययन गर्न लगाएँ। लिबरल अर्थतन्त्रमा जाँदा झन् परनिर्भरताको लहर चल्यो। हामीले निजी सार्वजनिक साझेदारी अवधारणालाई समाजवाद भन्यौँ।

जतिबेला पश्चिमका बुद्धिजीवीले लिबरल इकोनोमीले विकास हुन्छ भने तर उनीहरु पछि हटे। अहिले राज्यको संरक्षणतिर जाने, संकटमा निजी क्षेत्रलाई पनि संरक्षण गर्नेतिर गए। हामीचाहिँ कृषि, उद्योग, ऊर्जा सबै क्षेत्रमा किन ग्राफ तल गयो भन्ने कुरामा नीतिगत त्रुटि छ जस्तो लागेको छ।

 

हिजो जतिबेला युवाहरु विदेश जाने अवस्था थिएन। खाद्यान्नमा आत्मनिर्भर थियौँ। हाम्रै घरमा धान बेच्ने र सबै किसानले बेचेको धान विदेश पठाउने अवस्था थियो। अहिले खाद्यान्न आयात गर्ने अवस्थामा किन पुग्यौँ। अहिले नीति समीक्षा गर्ने बेला भएको छ।
संविधानमाा हाम्रा जोड र कोण एकै भइसकेका छैनन्। कानुन निर्माणमा छेडखानी हुने गरेको छ। एकखालको राष्ट्रिय एकता कायम गर्नुपर्ने अवस्था आएको छ।

मीनेन्द्र रिजालले के भने ?

तपाईंले केही कुरा सिद्धान्तको पृथकताको कुरा पनि गर्नुभयो। म त्यसमा जान चाहन्न। म पूर्वप्रधानमन्त्रीसँग कुरा गरिरहेका छौँ। एउटा कुरा के भने राम्रो भएको छ भन्ने विन्दुमा पुग्नलाई नेपालमा हाम्रो न्यारेटिभ प्रयोग गर्दा पूर्वप्रधानमन्त्री पनि पर्नुहुन्छ। हामी खाद्यान्न आयात गर्ने अवस्थामा पुग्यौँ भन्नुभयो। २०४८ देखि अहिलेसम्म हाम्रो अर्थतन्त्रको आकार ५७ गुणाले बढेको छ। प्रतिव्यक्ति आम्दानी २८ गुणाले बढेको छ। कसैले महंगी पनि बढेको छ भन्ला। राजस्व, अर्थतन्त्रको आकार बढेको छ।

हामी चीन र भारत होइनौँ। ३० वर्षको रेकर्ड हेर्दा राम्रो छ। अर्को कथा छ, नेपालको। हामीकहाँ हरेक दिन २३ सय मान्छे जहाज चढेर हिँडेको छ। कहीँ न कहीँ हामी सबैले जिम्मा लिनुपर्ने विषय के हो भने हामीले आफ्नो समयलाई हेरेर यो बेलाको जिम्मेवारी मात्र भन्नुहुँदैन। पूर्वप्रधानमन्त्रीको अर्थमन्त्री प्रकाश शरण महतको र वर्षमान पुनको समयको जिम्मेवारी लिने होइन।