पुर्व राष्ट्रपति भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमालेले पार्टी सदस्यता समेत खारेज गरिदिएपछि पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की बैंकटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन्।

एमाले अध्यक्षा केपी अाेलीले पुर्वाग्रहपुर्ण तवरले पार्टी सदस्यता नविकरणलाइ समेत खारेज गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेपछि भण्डारीले कस्ताे कदम चाल्छीन् भन्ने काैतुहलताका बीच दिउँसो ३ बजे हुने यो सम्मेलनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। तर, उनको माउ पार्टी नेकपा (एमाले) ले हालैको केन्द्रीय कमिटी बैठकमा उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। यो निर्णयलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा चुनौती हुने आशंकाका कारण भण्डारीलाई रोक्न खोजिएको आरोप केही पक्षले लगाएका छन्।