ओली विद्याप्रति पुरै आक्रामक, विद्याको पक्षमा बोले केन्द्रीय सदस्यलाई कार्वाहीको चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, ६ साउन ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीकी पत्नी तथा नेपालको पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति बढि नै आक्रमक देखिएका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमन रोक्न एमाले अध्यक्ष केपी ओलीले संगठन, प्रचार संयन्त्र र मनोवैज्ञानिक दबाबको रणनीति अपनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीको सक्रियताप्रति असहमति जनाउँदै उनका समर्थकमाथि अनुशासनको कारबाही गर्ने चेतावनी नै दिएका छन् ।
पुर्व राष्ट्रपतिको हिसावले पाउने राजकीय सबै सुविधा त्यागेर पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने घोषणा गरेकी एमालेकी पुर्व उपाध्यक्ष समेत रहेकी भण्डारीको सदस्यता नविकरण समेत गर्न नदिएर ओलीले
नेता–कार्यकर्तामाझ मनोवैज्ञानिक त्रास सिर्जना गरेर भण्डारीलाई कमजोर बनाउने र आगामी महाधिवेशनमार्फत निर्विकल्प अध्यक्ष बन्ने रणनीति बनाएका छन्  ।

केन्द्रीय कमिटीको सोमबारबाट सुरु बैठकमा ओलीले पार्टीको निर्णयअगावै प्रवक्ता बनेर भण्डारीको पक्षमा वकालत नगर्न उनी पक्षधर नेताहरूलाई चेतावनी दिए । पार्टी च्यानलभन्दा बाहिर गएर भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने पक्षमा प्रवक्ता बन्ने काम दोहोरिए अनुशासनको डण्डा चलाइने ओलीको चेतावनी छ । सचिवालय, पोलिटब्युरो र केन्द्रीय समितिमा भण्डारीको पक्ष–विपक्षमा ध्रुवीकरण भइरहेका वेला कारबाही सम्मको चेतावनी दिएर भण्डारीको सम्भावित प्रभाव वेलैमा निरुत्साहित गर्ने योजना ओलीको छ ।

आइतबार पूर्वराष्ट्रपति भण्डारीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटेर त्यहीँबाटै पार्टी काममा नियमित रूपमा सक्रिय हुने औपचारिक जानकारी गराएको भोलिपल्ट अध्यक्ष ओलीले केन्द्रीय सििमत बैठकमा झन कडा ढंगले प्रस्तुत हुँदै जवाफी रणनीतिबारे बोलेका हुन् । केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीको पक्षमा वकालत गरे ठिक नहुने भन्दै अनुशासन आकर्षित हुन सक्ने बताएर उनका समर्थकमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेका एक केन्दीय सदस्यले बताए ।

भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष बनाउने अभियानमा कित्ताकाट हुँदै गएका नेता–कार्यकर्ताहरूलाई लक्षित गर्दै ओलीले भनेका छन्, ‘जे गर्ने भए पनि पार्टीले निर्णय गर्छ । सदस्यता नवीकरण भयो कि भएन, सक्रिय रूपमा आउनुपर्छ कि पर्दैन रु पार्टी निर्णय हुन्छ । निर्णयअगावै च्यानलबाहिर गएर प्रवक्ता बन्ने रु जे बोल्ने पार्टीले बोल्छ ।’

ओलीलाई उद्धृत गर्दैै पोलिटब्युरो सदस्य महेश बस्नेतले भने, ‘एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै वेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए ठिक हुनेछैन,’