विधानबारे छलफल गर्न एमाले केन्द्रीय समिति बैठक शुरू
सत्तारूढ दल नेकपा एमालेको विधानका विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बसेकाे छ ।
पार्टी केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
विधानबारे केन्द्रीय सचिवालय, पाेलिटब्युराेमा छलफल भइसकेको छ । दुबै समितिमा विधानबारे पुर्ण सहमति बन्न सकेकाे छैन ।





