लमजुङ कारागारकाे पर्खाल भत्किएपछि सबै बन्दी अन्यत्र सारियाे

मूलखबर संवाददाता
लमजुङ, ३ साउन

लमजुङ कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका १०८ कैदी बन्दी अन्यत्र सारिएको छ ।

कारागारकाे पर्खाल भत्किएपछि समस्यामा परेका कैदी बन्दीहरू पर्खाल मर्मत नभएसम्मका लागि तनहुँ (३०) र कास्की (७८) गरी १०८ कैदी बन्दी आज स्थान्तरण गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । उनीहरूलाई  नेपाल प्रहरी र शसस्त्र प्रहरी टोलीले तनहुँ र कास्की पुर्याएका हुन् ।  पुरुष कैदी बन्दीलाई ४ वटा बस र महिलालाई हाइस मोटरमा राखेर पुर्याइएको हो ।

जिल्लामै बस्नु पर्ने माग राख्दै आाएका बन्दीसँग लामो छलफल, अन्तरक्रिया पश्चाप भएको लिखित प्रतिवद्धता पछि उनीहरु स्थान्तरण हुन सहमत भएका हुन् ।