एमालेमा स्पष्ट दुई धार, महासचिव भन्छन् -बहस सकियाे, उपाध्यक्ष भन्छन् -गम्भीर छलफल गर्नुछ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमालेमा स्पष्ट रूपमा दुई धारमा विभाजन देखिएकाे छ । विधान महाधिवेशन नजिक आइरहँदा एमालेमा दुई धार देखिएको हाे ।

हिजाे सम्पन्न सचिवालय बैठकमा विधानमा नेतृत्व, केन्द्रीय समिति सदस्य, पदाधिकारी, उमेर हद र कार्यकालबारे सहमति नभएपछि बहुमतकाे आधारमा गरिएको निर्णयलाई आज बस्ने पाेलिटब्युराे बैठकमा अनुमाेदन गर्ने तयारी संस्थापन पक्षको छ ।

त्यसलाई महासचिव शंकर पाेखरेलले फेसबुकमार्फत सन्देश गरेका छन् । उनलेे नेतृत्व र विधिकाे बहसकाे अन्त्य भएको लेखेका छन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले बहस नसकिएको बताएका छन् । उनलेे विधि, नेतृत्वको विषयमा आजको पाेलिटव्युराे बैठकमा छलफल गर्न आग्रह गर्दै बहस जारी रहेको बताएका छन् ।