माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते, के छन् एजेण्डा ?
प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ । तराई मधेस जागरण अभियानपछि असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकको एजेन्डा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषय रहेको पौडेलले जानकारी दिए ।
गतवर्ष साउनको अन्तिम साता स्थायी समिति बैठक बसेको थियो । माओवादी केन्द्रमा ४५ सदस्यीय स्थायी समिति रहेको छ । पार्टी एकतापछि पदाधिकारीमा सदस्य थप भएतापनि स्थायी समितिमा सदस्य थप गरिएको कुरा सार्वजनीक भएको छैन ।





