प्रचण्डले भाेली साेमबार संसदमा सम्बाेधन गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभाको बैठक असार ३० गते (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।
उनको सम्बोधनमा उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई निर्देशन दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सन्देश पठाउँदै, ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा. प्रचण्डज्यूले प्रतिनिधिसभामा बोल्दै हुनुहुन्छ,’भनी जानकारी गराएका छन् ।
प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, बढ्दाे बाढी पहिराे विपद, भ्रष्टाचार विराेधी अभियान र सरकारकाे भ्रष्ट रबैया, संसदमा देखिएको वेथिति आदिका विषयमा संसदलाई सम्बाेधन गर्ने बताइएको छ ।





