कार्वाही प्रकरणले कांग्रेसमा किचलाे, प्रतिसाेध साँधिएकाे आराेप
सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचनमा अन्तरघात गरेको भन्दै शुरू गरेको कार्वाही निर्णयले कांग्रेस वृत्तमा नयाँ तरंग ल्याएकाे छ ।
संस्थापन पक्षले यसलाई पार्टीको विधि र विधान कार्यन्वयन गर्न अनुशासनकाे कार्वाही भनेको छ भने संस्थापन इतर पक्षले प्रतिसाेध र अवैधानिक भनेकाे छ ।
गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई गरेपछि अन्तरविरोध चुलिएको छ। आज बिहान डा. शेखर कोइरालाले आफ्नो सम्पर्क कार्यलयमा बोलाएको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो।
बालुवाटार बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको जानकारी गराएका छन्।
पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैँमा पार्टी विधान र नियमावलीविपरीत रहेको काेइरालापक्षकाे भनाई छ।
साे बैठकले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरि पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारवाही भएको आरोप लगाएकाे छ ।





