प्रधानमन्त्री ओलीकाे स्पेन भ्रमणमा मान्छे लुकेकाेबारे परराष्ट्र मन्त्रालयले दियाे स्पष्टीकरण
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीकाे स्पेन भ्रमणमा गएका सबै फर्किएको स्पष्टीकरण दिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकाे भ्रमणकाे अवसरमा स्पेन पुगेका केही नेपाली नागरिक स्पेनबाट नफर्किएकाे भनेर आलोचना भएपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै सबैजना फर्किएको स्पष्टीकरण दिएको हाे ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीसँग गएको संख्याबारे कुनै उल्लेख नगरी सबै फर्किएकाे कुरा सबैलाई विदितै छ भनिएकाे छ ।
हेर्नुस् विज्ञप्ति 





