राेल्पा थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी वेपत्ता
आर्थिक वर्षको अन्त्यमा राेल्पा जिल्लाकाे थवाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतसहित सातजना कर्मचारी वेपत्ता भएका छन् ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि आवश्यक कामका लागि रुकुम पूर्व हिँडेका उनीहरू सम्पर्कविहीन बनेका हुन्।
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार विज्ञप्ति जारी गरेर उनीहरू सम्पर्कविहीन भएको जानकारी गराएका हुन्। उनका अनुसार असार २३ गते राति करिब ९ बजे उनीहरू रुकुम पूर्व हिँडेका थिए।
‘असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ‘ओटिपी कोड’का लागि रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र हालः प्रमुख प्रशासकीय अधिकृतलगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना असार २४ गते बिहान ७ बजेदेखिहालसम्म कार्यालयको सम्पर्कमा नआएको विज्ञप्तिमा उल्लेख छ।





