विपद पुर्व तयारीमा सरकार गम्भीर देखिएन : सापकाेटा
प्रतिनिधि सभा सदस्य माधव सापकोटाले रसुवा बाढीको सन्दर्भमा सरकार विपद पुर्वतयारी व्यवस्थापनमा चुकेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाकाे आजकाे बैठकमा आकस्मिक समयमा बाेल्दै सांसद सापकोटाले सम्भावित विपदबारे केही दिन अघि नै चिनिया पक्षले जानकारी गराएकाे र मिडियामा समेत समाचार आउँदा समेत सरकारले पर्याप्त सावधानी र पुर्व तयारीमा सरकार चुकेकाे बताएका हुन् ।
उनलेे यस्तो अवस्थामा पनि विभागिय मन्त्रीले सदनलाई जानकारी नगराउनु विडम्बनापूर्ण भएको बताए । उनले बाढीका कारण चिन तर्फकाे भुभागमा फसेका नेपाली व्यवसायी नागरिकहरूलाई खासातर्फबाट लगेर भनेपनि छिटो उद्वार गर्न सरकारकाे ध्यानाकर्षण गराए ।





