रसुवामा भिषण बाढी, नेपाल-चिन जोड्ने मितेरी पुल बगायो, सयौं इभि गाडी र सडक पनि बगायो
चिनतर्फ आएको भिषण वर्षाका कारण आएको बाढीले रसुवा जिल्लामा ठूलो क्षती पुर्याएको छ । विहान ३ बजेतिर अचानक आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । प्रहरी र स्थानियवासीका अनुसार त्यहाँ रहेका सयौँ इभी गाडी पनि बगाएको छ साथै सडक र घरहरु पनि बगाएको छ । त्यहाँ पार्किंग गरेर राखीएका मालवाहक गाडी र चालक हरु पनि बगाएको हुन सक्ने अनुमान गरिएको छ । निरन्तर वर्षले गर्दा सञ्चार सम्पर्क पनि सहज हुन सकेको छैन ।
बाढीले स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्याइएको बताइएको छ ।
रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका सयौं गाडिहरु, भन्सार गर्न राखिएका सामानहरु बगाएको छ भने कतिपय मानिसहरु समेत बगाएको र नदि क्षेत्रमा फसेको भन्ने खवर छ । त्यस क्षेत्रमा यतिबेला छिटोभन्दा छिटो मानवीय उद्दारको आवश्यकता रहेको त्यस क्षेत्रमा रहेका एक ब्यबसायीले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकका पनि धेरै ब्यापारी ब्यबसायी बाढीमा फसेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङ ,नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्याएकोले धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।





