ककनीमा बाढीले गाेठ बगाउँदा १ महिलाको मृत्यु, लाखौंको जनधन र चाैपायाकाे क्षति

मूलखबर संवाददाता
काठमाडौं, १४ असार

नुवाकोट जिल्लाकाे ककनी गाउपालिका वडा नम्बर १ भसिबुँ स्थित बिमचना खोलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएकाे छ ।

शुक्रबार राति आएको उक्त बाढीले नेकपा (माओबादी केन्द्र) का नेता लालबहादुर बलामीको गोठ बगाउँदा उहाँको बुहारी वर्ष ३३ की कमला बलामीकाे मृत्यु भएको छ भने छोरा वर्ष ३५ को अशोक बलामी घाइते हुनु भएको छ। बाढीले एउटा पाडो, ८ वटा बाख्रा मरेका क्षेति तुल्याएको छ। सोही क्रममा श्यामलाल बलामीको एउटा भैसी, एउटा हाते ट्याक्टर बगाएको छ।

त्यसैगरी बाढीबाट  सुरेन्द्र बलामीको गोठ र त्यहाँ रहेको ५ वटा बाख्रा क्षति भएको छ ।  श्याम बलामीको गोठ र गोठमा रहेको दुहुनु भैंसी बगाएको छ।

बाढीले  प्रविन बलामीको गोठ, धनराज बलामीको गोठमा क्षति भएको छ। उक्त बाढीले ५० ओँ रोपनी खेत र खेतमा रहेका खेती बाली पूर्ण रुपले नष्ट तुल्याएको छ।
मृतक कमलाको शव घटना स्थलबाट करीब २०/२२ किलोमिटर टाढा कोल्पुटार नजिक दिउँसो ३ बजेतिर फेला परेको छ।